काठमाडौँ । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १० गते पर्साको वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा सभा गर्ने निर्णय गरेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक र लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नेछ। साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गर्ने बैंकले जनाएको छ ।
यी हुन् सभाका मुख्य प्रस्तावहरू:
सेयर स्वामित्व परिवर्तन: बैंकको हाल कायम संस्थापक र सर्वसाधारण सेयर संरचना (७०:३०) लाई परिवर्तन गरी ६०:४० बनाउने प्रस्ताव पारित गर्ने।
मर्जर र एक्विजिसन: अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रक्रियामा जाने विषयमा निर्णय गर्ने।
नियमावली संशोधन: बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने।
बुक क्लोज: साधारण सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार माघ २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन् ।