वृद्ध भत्ता पाउने उमेर बारेका टिकाटिप्पणी सत्य छैनन्: अर्थ मन्त्रालय

काठमाडौँ । अर्थ मन्त्रालयले वृद्धभत्ता पाउने उमेरको विषयमा चलेका टिका टिप्पणीप्रति कुनै सत्यता नभएको स्पष्ट गरेको छ ।

सामाजिक सञ्जाल र मिडियामा वृद्ध भत्ता पाउने उमेर ७० वर्षबाट ७५ गर्न सरकारले निर्णय गरेको भन्ने हल्ला चलेपछि अर्थमन्त्रालयले त्यसमा कुनै सत्यता नभएको जानकारी दिएको हो ।

अर्थ मन्त्रालयले भनेको छ- ‘बृद्ध भत्ता पाउने उमेर बारे भएका टिका टिप्पणीहरुमा कुनै सत्यता छैन । यस सन्दर्भमा मन्त्रालय र मन्त्रीले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौं ।’

हाल ७० वर्ष उमेर पुगेका नागरिकले मासिक ४ हजार बृद्ध भत्ता पाउने गर्दछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै