१३ वाणिज्य बैंकले गरे लाभांश घोषणा: कुन बैंकको कति ?

काठमाडौँ ।  हालैका दिनहरूमा बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष (२०८१/८२) को नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गर्ने क्रम तीव्र बनाएका छन् । यसै क्रममा, हालसम्म १३ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्, जसमध्ये केहीको साधारण सभाबाट पारित समेत भइसकेको छ ।

लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक,  नेपाल एसबिआई बैंक र नबिल बैंक रहेका छन् । कुमारी बैंकले भने यस वर्ष लाभांश नदिने निर्णय गरेको छ ।

कतिपय बैंकहरूले घोषणासँगै वार्षिक साधारण सभा समेत सम्पन्न गरिसकेका छन् ।

बैंकको नाम कुल लाभांश बोनस सेयर नगद लाभांश साधारणसभाको स्थिति
एभरेष्ट बैंक २०% ६% १४% पारित भइसक्यो
स्ट्यान्डर्ड चार्टर्ड १९% ०% १९% मंसिर २९ मा बोलाइएको
कृषि विकास बैंक १३% ३.२५% ९.७५% मंसिर २९ मा बोलाइएको
नबिल बैंक १२.५०% ०% १२.५०% मिति सार्वजनिक हुन बाँकी
सिद्धार्थ बैंक १०.५३% ५% ५.५३% पारित भइसक्यो
लक्ष्मी सनराइज बैंक १०.५३% १०% ०.५३% पुस १ मा बोलाइएको
एनएमबि बैंक १०% ५% ५% मिति सार्वजनिक हुन बाँकी
नेपाल एसबिआई बैंक ९% ४% ५% पुस १८ गतेमा बोलाइएको
ग्लोबल आइएमई बैंक ८% ०% ८% पारित भइसक्यो
माछापुच्छ्रे बैंक ८% ४% ४% पारित भइसक्यो
सानिमा बैंक ७.३७% ०% ७.३७% पारित भइसक्यो
सिटिजन्स बैंक ५.२६% ५% ०.२६% पारित भइसक्यो

माथि उल्लेखित नगद लाभांशमा कर प्रयोजनका लागि समेत समावेश गरिएको छ ।

लाभांशको विवरण:

एभरेष्ट बैंक: बैंकले ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश साधारणसभाबाट पारित गरिसकेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक: बैंकले १९ प्रतिशत नगद लाभांश मात्र दिने निर्णय गरेको छ। यसका लागि कम्पनीले मंसिर २९ गते साधारण सभा बोलाएको छ ।

कृषि विकास बैंक: बैंकले ३.२५ प्रतिशत बोनस र ९.७५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले मंसिर २९ गते साधारण सभा आह्वान गरेको छ ।

नबिल बैंक: बैंकले लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी कुल १२.५० प्रतिशत नगद लाभांश दिने भएको छ ।

सिद्धार्थ बैंक: बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांशसहित कुल १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

लक्ष्मी सनराइज बैंक: बैंकले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले साधारण सभा पुस १ गते बोलाएको छ ।

एनएमबि बैंक: बैंकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशसहित कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

नेपाल एसबीआई बैंक: बैंकले ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांशसहित कुल ९ प्रतिशत लाभांश दिने भएको छ ।

माछापुच्छ्रे बैंक: बैंकले ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ ।

ग्लोबल आईएमई बैंकः बैंकले लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी कुल ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ ।

सानिमा बैंकः बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी कुल ७.३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ ।

कुमारी बैंक: बैंकको कार्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै