सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा आचार्य

काठमाडौँ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (CEO) मा पवन कुमार आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको हालै बसेको बैठकले आचार्यलाई आगामी चार वर्षको कार्यकाल का लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नव नियुक्त सीईओ आचार्य यसअघि बैंकको डेपुटी सीईओको जिम्मेवारीमा कार्यरत थिए । आचार्यसँग बैंकिङ क्षेत्रमा लामो अनुभव रहेको छ ।

बैंक सम्बद्ध उच्च स्रोतका अनुसार, हालका सीईओ निश्चल राज पाण्डेले आफ्नो कार्यकाललाई निरन्तरता दिन अनिच्छा देखाएपछि सञ्चालक समितिले आचार्यलाई सीईओको जिम्मेवारी सुम्पिएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै