काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनसम्बन्धी प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आज उक्त प्रतिवेदन पेस गरेका हुन् । अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागेर निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेका थिए ।
निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई उनले धन्यवाद दिएका छन् ।