सेयर बजारको ओरालो यात्रा: साढे ८ अर्बमा खुम्चियो कारोबार

काठमाडौँ । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको हो । आज सेयर बजार परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ विन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् सोमबार पनि नेप्से २६.०५ अंकले घटेको थियो । यस्तै, आइतबार पनि नेप्सेमा १०.२४ अंकको गिरावट आएको थियो ।

आज सेयर बजारमा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको बढेको छ । त्यस्तै आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.२६ अंकले घटेर ४५४.३९ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको बढेको छ ।

त्यस्तै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन पौने ११ अर्बको कारोबार भएको बजारमा आज भने साढे ८ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार ८७८ कित्ता सेयर ८९ हजार ८३६ पटक खरिद बिक्री हुँदा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै