अमेरिकी र अस्ट्रेलियन डलरको भाउ हालसम्मकै उच्च

काठमाडौँ । अमेरिकी र अस्ट्रेलियन डलरको भाउ शनिबार अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी एक डलरको खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा छ ।

हिजो अमेरिकी एक डलरको खरिदर १ सय ४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ९२ पैसा थियो । त्यस्तै आज अस्ट्रेलियन डलर एकको खरिदर १ सय रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय रुपैयाँ ९६ पैसा छ । अस्ट्रेलियन डलरको यो भाउ पनि अहिलेसम्मकै उच्च हो ।

हिजो अस्ट्रेलियन डलर एकको खरिदर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा थियो । आज युरोपियन युरो एकको खरिददर १ सय ७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ २२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै