गणपति लघुवित्तले यो वर्ष लाभांश नदिने: शेयरधनीको हात खाली

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

कम्पनीको माघ ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको कमाईबाट लाभांश वितरण नगर्ने र वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो।

लघुवित्तले अघिल्लो वर्षको तुलनामा यस वर्ष सञ्चित नाफा वा अन्य वित्तीय सूचकका आधारमा लाभांश नदिने नीति लिएको बुझिएको छ। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई वार्षिक साधारण सभा (AGM) आह्वान गर्ने बाटो खुल्नेछ।

नेप्सेमा सूचीकृत यस लघुवित्तको लाभांश आशमा रहेका लगानीकर्ताहरूका लागि यो निर्णयले केही निराशा थपेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै