डिप्रोक्स लघुवित्तको २४औँ वार्षिक साधारण सभा सम्पन्न; १५% लाभांश पारित

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार चितवनको सौराहामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दीपक खनालको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीहरूका लागि प्रस्ताव गरिएको कुल १५ प्रतिशत लाभांश पारित गरेको छ ।

लाभांश र पुँजी वृद्धि सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बोनस शेयर जारी गरेपश्चात संस्थाको चुक्ता पुँजी रु. २ अर्ब ५ करोड ५१ लाख १४ हजार पुगेको छ ।

नयाँ सञ्चालक समिति चयन साधारण सभाले सञ्चालक समितिमा रिक्त पदका लागि नयाँ सञ्चालकहरू निर्विरोध निर्वाचित गरेको छ:

संस्थापक समूह: नेपाल बैंक लिमिटेडको तर्फबाट प्रदीप कुमार पाठक (बाँकी अवधिका लागि) ।

सर्वसाधारण समूह: शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी।

छलफल र मन्तव्य सभामा अध्यक्ष खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयरधनीहरूले राखेका जिज्ञासाको स्पष्टीकरण दिएका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षक नियुक्तिको प्रस्ताव समेत अनुमोदन गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै