काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
संस्थाको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले उक्त आर्थिक वर्षको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पठाउने निर्णय समेत गरेको छ ।
केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि संस्थालाई वार्षिक साधारण सभा बोलाउने बाटो खुल्नेछ । लाभांशको प्रतीक्षामा रहेका लगानीकर्ताहरूका लागि भने संस्थाको यो निर्णयले निरासा थपेको छ ।