सुपर त्रिशूली हाइड्रोपावरका दुई कामदार त्रिशूली नदीमा बेपत्ता

काठमाडौँ ।  त्रिशूली नदीमा नुहाउने क्रममा हाइड्रो पावरमा कार्यरत दुईजना कामदार बेपत्ता भएका छन् । शनिबार दिउँसोदेखि बेपत्ता उनीहरुको खोजीकार्य भैरहेको चितवन प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो चितवनको इच्छाकामना-४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् ।  बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका-२ बनसरा बस्ने २१ वर्षका शंकर चौधरी र राजापुर नगरपालिका घर भएका २२ वर्षीय सौरभ थारु रहेका प्रहरीले जनाएको छ ।

बेपत्ता युवकको आज बिहानैदेखि खोजी कार्यजारी रहेको चितवन प्रहरीले जनाएको छ। त्रिशूली नदी किनारमा कपडा, मोबाइल, चप्पल र लाइटर भेटिएपछि प्रहरीले खोजी कार्य अघि बढाएको हो ।

उनीहरु सुपर त्रिशूली हाइड्रोपावरमा काम गर्ने कामदार रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै