टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा: शेर मल्लको ‘डेब्यू’, कुशल र आदिल बाहिरिए

काठमाडौँ । भारत र श्रीलङ्कामा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

यस पटकको टोलीमा युवा स्पिनर शेर मल्लले पहिलो पटक स्थान बनाउन सफल भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई विश्वकप टोलीमा समेटिएको हो । यस्तै, भरपर्दा ब्याटर कुशल मल्ल र हालै टोलीमा फर्किएका अलराउन्डर आदिल आलम भने यसपटक टोलीमा अटाउन सकेनन् ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन् ।

फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्ने विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालले समूह चरणमा इङ्गल्याण्ड, बंगलादेश, वेस्टइन्डिज र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालका सबै खेलहरू भारतको मुम्बईस्थित वानखेडे रंगशालामा हुने तालिका रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै