प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । साथै, रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति उनले भारतलाई धन्यवाद दिए ।

भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए। जवाफमा राजदूत दलेलाले भारतीय प्रधानमन्त्री ८८नरेन्द्र मोदी८८सँग हुने भेटवार्ता ऐतिहासिक तथा महत्वपूर्ण हुने बताएका छन् ।

उनका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डा तय भइसकेका छन् र भ्रमणलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूले तीव्र रूपमा गृहकार्य गरिरहेका छन् ।

भेटमा नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै