प्रधानमन्त्री शाहलाई रुसको बधाइ

काठमाडौँ । बालेन्द्र शाह बालेन नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रुसी समकक्षी मिखाइल मिसुस्टिनले हार्दिक बधाइ ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई बुधबार सन्देश पठाएर रुसी प्रधानमन्त्रीले संघीय सरकार तथा व्यक्तिगत रूपम बधाइ ज्ञापन गरेका हुन् ।

सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा रुस–नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावनाअनुसार अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

साथै प्रधानमन्त्री मिसुस्टिनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोग विस्तारमा टेवा पुग्ने उल्लेख गरेको काठमाडौंस्थित रुसी दूतावासले जनाएको छ ।

रुसी प्रधानमन्त्रीले आपसी सहकार्य दुवै देशका दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि तथा कार्यकालको सफलताको कामना गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै