काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूले नेपाल हासेको हेर्न चाहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच आज भएको एकता र आगामी निर्वाचनमासँगै जाने सहमति भएको थियो । सहमतिपछि रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै बलेनले यस्तो बताएका हुन् ।
‘म नेपाल हाँसेको हेर्न चाहन्छु,’ उनले लेखेका छन् ।