काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल-कोरियामैत्री अस्पतालमा मृत्यु भएको हो ।
मोहनप्रसादका दुई छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।