काठमाडौँ । नेकपा (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ ।
उनी बिहीबार एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै ढलेका थिए । उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । थापाको उपचारका क्रममा निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ।
बिहीबार एमाले पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक राखिएको थियो। बैठकमा उनले करिब १० मिनेट बोलेको एमाले नेताहरूले बताएका छन् ।
थापा गण्डकी प्रदेशका पूर्व सांसद हुन् । उनी २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए ।