काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर करण केसी वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले सञ्चारकर्मी वर्षा बस्नेतसँग मंगलबार विवाह गरेका हुन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले अंग्रेजी नयाँ वर्ष (सन् २०२६) को अवसरमा इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई सार्वजनिक गरेको थियो । विवाह सम्पन्न भएपछि क्रिकेटर केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्वीरहरू साझा गर्दै आफ्नो नयाँ जीवनको सुरुवात भएको जानकारी दिएका छन् ।
उनको विवाहको अवसरमा क्रिकेट फ्यान, खेलकुदकर्मी र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन् ।


