एमाले अध्यक्ष ओलीद्वारा हार स्वीकार, भन्छन्-‘जनताको फैसलालाई पूर्ण सम्मान गर्दछु’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो अपेक्षाअनुसार नआएको स्वीकार गरेका छन् । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भइरहँदा सामाजिक सञ्जालमार्फत उनले जनमतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन् ।

“यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित नतिजा ल्याउन सकेन,” ओलीले भनेका छन्, “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु मेरो र पार्टीको कर्तव्य हो ।”

मतदाता र कार्यकर्तालाई धन्यवाद

अध्यक्ष ओलीले प्रतिकूल अवस्थामा पनि ‘सूर्य’ चिह्नमा मतदान गर्ने मतदाता, पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन् । उनले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै भनेका छन्, “हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण समर्थकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु। तपाईंहरूको साथ नै हाम्रो असली ताकत हो ।”

प्रतिबद्धता कायमै

निर्वाचनको नतिजा अनुकूल नभए पनि जनताप्रतिको आफ्नो सेवाभाव र प्रतिबद्धतामा कुनै कमी नआउने उनले प्रष्ट पारेका छन् । “निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन, तर जनताका लागि काम गर्ने हाम्रो संकल्प कमजोर भएको छैन,” ओलीले थपे, “हामी जनताकै बीचमा रहनेछौँ र यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ ।”

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै