काठमाडौँ । कर प्रणाली बुझ्दा अक्सर डिफर्ड ट्याक्स भन्ने शब्द पटक पटक सुनिन्छ। तर यसको अर्थ धेरैले बुझ्न कठिन मान्छन्। यहाँ सरल भाषामा डिफर्ड ट्याक्सको बारेमा उल्लेख गरेका छौँ।
डिफर्ड ट्याक्स भनेको भविष्यमा तिर्ने वा फिर्ता पाउने कर हो, जुन कम्पनीको फाइनान्सियल अकाउन्टिङ र ट्याक्स अकाउन्टिङ बीचको अस्थायी फरक टेम्पोररी डिफरेन्सका कारण उत्पन्न हुन्छ।
डिफर्ड ट्याक्स सम्पति पनि हुन सक्छ र दायित्व पनि । यो दुई प्रकारको हुन्छ। जसलाई डिफर्ड ट्याक्स एसेट र डिफर्ड ट्याक्स लाइबिलिटी भनिन्छ।
डिफर्ड ट्याक्स एसेट भनेको भविष्यमा कर कम तिर्न सकिने सम्पती हो भने डिफर्ड ट्याक्स लाइबिलिटी भनेको भविष्यमा तिर्नुपर्ने करको दायित्व हो ।
अब हामीले बुझ्नुपर्ने कुरा के भने कुनै कम्पनीकाे डिफर्ड ट्याक्स यति छ भन्नुकाे अर्थ भविष्यमा उक्त कम्पनीले बढी वा कम रकम कर तिर्नुपर्ने हुन सक्छ भन्ने हाे। जुन फाइनान्सियल अकाउन्टिङ र ट्याक्स अकाउन्टिङ बीचको फरकका कारण उत्पन्न भएकाे हाे ।