चितवनमा बस पुलबाट खस्दा घाइते हुनेको संख्या २५ पुग्यो

काठमाडाैँ । नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु.प्र ०३-००१ ख ००७७ नम्बरको बस आइतबार (आज) बिहान ४:३० बजेतिर नारायणगढ-मुग्लिन सडकअन्तर्गत सेतीदोभान पुलबाट खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी ज्ञान कुमार महतोले दुर्घटनामा बसमा सवार ३० जनामध्ये २५ जना घाइते भएको जानकारी दिए । टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको डीएसपी महतोले बताए ।

उनका अनुसार घाइतेलाई चितवन मेडिकल कलेज लगिएको छ भने अवस्था सामान्य छ । घाइतेहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै