काठमाडौँ । देशभर असार २२ गतेसम्मको ४१.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा केही कम हो।
गत वर्ष असार २३ गतेसम्म ४३.५ प्रतिशत धान रोपाइँ भइसकेको थियो। यस वर्ष १३ लाख ८७ हजार ४१५ हेक्टर जमिनमा कृषि विभागले धान रोपाइँ हुने अनुमान गरेको छ। हालसम्म ५८ हजार ८८६ हेक्टर जमिनमा धान रोपाइँ भइसकेको छ।
सुदूरपश्चिममा सबैभन्दा धेरै रोपाइँ भएको छ। यो प्रदेशमा ८२.८ प्रतिशत रोपाइँ भएको छ। यस्तै, कर्णालीमा ७१.७ प्रतिशत, गण्डकी प्रदेशमा ५५।६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।
यस्तै, लुम्बिनीमा ५२.१ प्रतिशत, बागमतिकमा ५१.९ प्रतिशत रोपाई भएको छ। यस्तै, कोशीमा २९.५ प्रतिशत रोपाइँ भएकोमा मधेसमा सबैभन्दा कम रोपाई भएको छ। यहाँ हालसम्म १३.६ प्रतिशत मात्रै रोपाइँ हुन सकेको विभागले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनाको अवधिमा मधेस प्रदेशका दक्षिणी भागमा सरदरभन्दा कम, कोशी प्रदेशका दक्षिणी भागमा सरदर र देशका बाँकी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। यसले रोपाइँमा समस्या देखिएको हो।