आरएसडिसी लघुवित्तको नाफा ७३% ले बढ्यो, इम्पेरमेन्ट चार्ज रिभर्सको मुख्य प्रभाव

काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, लघुवित्तको खुद नाफामा गत वर्षको सोही अवधिको तुलनामा उत्साहजनक वृद्धि देखिएको छ।

नाफाको अवस्था चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तले ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ७३.५४ प्रतिशत बढी हो । गत वर्ष यसै अवधिमा कम्पनीले ४ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानीमा केही गिरावट आए पनि ‘इम्पेरमेन्ट चार्ज’ (Impairment Charge) रिभर्स भएका कारण नाफा बढ्न पुगेको हो ।

मुख्य वित्तीय सूचकहरू (दोस्रो त्रैमाससम्म):

खुद ब्याज आम्दानी: ४.०१ प्रतिशतले घटेको।

सञ्चालन मुनाफा: ६९.४८ प्रतिशतले बढेको।

प्रतिशेयर आम्दानी (EPS): ५ रुपैयाँ ४७ पैसाले बढेर १४ रुपैयाँ ८३ पैसा पुगेको।

वितरणयोग्य मुनाफा: ६ करोड ६८ लाख रुपैयाँ (प्रतिशेयर १२ रुपैयाँ ९३ पैसा)।

प्रतिशेयर नेटवर्थ: १२५ रुपैयाँ १५ पैसा।

मूल्य आम्दानी अनुपात (P/E Ratio): ४३.१५ गुणा।

पूँजी र लगानीको अवस्था

चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ  रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड २३ हजार रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब १ करोड ३७ लाख रुपैयाँ सापटी लिएर ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। खुद फि तथा कमिशन आम्दानीमा भने २१ प्रतिशतको सुधार देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै