सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’ बैशाख महिनाभर छुटै छुटको योजना

काठमाडौँ । काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘Citizens Digital Month Utsav – 19th Anniversary Celebration Campaign 2083‘ नाराका साथ २०८३ बैशाख १ गतेबाट २०८३ बैशाख ३१ गते सम्म भव्य रुपमा मनाउने तयारी गरेको छ ।

२०८३ बैशाख महिना भर संचालन हुने यस छुट अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुका साथ आफ्ना ग्राहकहरुलाई पनि विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ । सो अवधिमा बैंकका ग्राहकहरुले आफनो निष्कृय Debit Card लाई POS वा E-Commerce Transaction मार्फत सक्रिय गराएमा कारोवार रकमको १९५ वा अधिकतम् रु.१९० क्यास व्याक, मोवाईल बैंकिङ्क अथवा Dizi Bank मार्फत E-Com Card अनुरोध गरेमा Issuance Charge मा ५०% छुट, निष्कृय व्यवसायिक QR भएका ग्राहकहरुले आफनो QR सक्रिय गराएमा कारोवार रकमको १९% वा अधिकतम् रू.१९० क्यास व्याक पाउन सक्ने बैंकले बताएकाे छ ।

त्यसैगरी, होटल तथा रेष्टुरेन्टहरुमा POS Machine जडान गर्दा कारोवार शुल्कमा निश्चित प्रतिशत छुट, मोवाईल बैंकिङ्क अथवा Dizi Bank मार्फत Locker सुविधा अनुरोध गरेमा वार्षिक शुल्कमा ५०% छुट, पारिवारिक सदस्यहरुको नंया खाता Refer गरेमा प्रति खाता रु.१०० क्यास व्याक, मोवाईल बैंकिङ्क मार्फत International Remittance को रकम भुक्तानी लिएमा रु.२०० क्यास व्याक जस्ता सुविधाहरु प्रदान गर्ने भएको छ ।

यी सबै कार्यक्रमहरु बैंकले आफ्नो वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउन र डिजिटल कारोवार थप प्रबद्र्धन गर्ने उद्देश्यले ल्याएको हो । यससँगै सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५०% छुट अफर समेत घोषणा गरेको हाे।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ११ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै