प्रभु बैंकका ठूला शेयरधनीको सूची सार्वजनिक: एशियन लाइफको सर्वाधिक हिस्सा, अम्बिका लामिछाने बाहिरिइन्

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को शेयर स्वामित्व विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको ०.५ प्रतिशतभन्दा बढी शेयर हुने ठूला शेयरधनीको संख्या १२ रहेको छ ।

यो अवधिमा एशियन लाइफ इन्स्योरेन्सले बैंकमा आफ्नो लगानी थप विस्तार गरेको छ । इन्स्योरेन्सले आफ्नो स्वामित्व ४.९९ प्रतिशतबाट बढाएर ५.६३ प्रतिशत पुर्‍याएको छ, जुन बैंकका ठूला शेयरधनीमध्येकै सबैभन्दा बढी हो ।

प्रभु बैंकका मुख्य शेयरधनीहरू र उनीहरूको स्वामित्व:

शेयरधनीको नाम शेयर स्वामित्व (%)
एशियन लाइफ इन्स्योरेन्स ५.६३ %
गौरव अग्रवाल २.७१ %
कर्मचारी सञ्चय कोष २.५३ %
प्रभु ग्रुप ०.९९ %
मिजास भट्टचन ०.८० %
सुदिप आचार्य ०.६० %

अन्य प्रमुख लगानीकर्ताहरू:

विवरण अनुसार ज्ञानु श्रेष्ठको ०.५८ प्रतिशत, राजेन्द्र भट्टचन र स्वरूप गुरुङको समान ०.५७ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट प्रालिको ०.५२ प्रतिशत शेयर रहेको छ। त्यस्तै, शिवम सिमेन्टको ०.५१ प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत स्वामित्व रहेको छ।

अम्बिका लामिछाने सूचीबाट बाहिरिइन्:

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ०.६ प्रतिशत शेयर स्वामित्व रहेकी अम्बिका शर्मा लामिछाने यस वर्ष ठूला शेयरधनीको सूचीबाट बाहिरिएकी छिन् । उनको स्वामित्व अहिले ०.५ प्रतिशतभन्दा कम रहेको देखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै