नेपाली छुर्पीको विश्व बजारमा धमाका: ५ वर्षमा ६ अर्बको निर्यात, कुकुरका लागि बन्दैछ प्रिय आहारा

काठमाडौँ । तपाइले सामान्य कोशेलीका रूपमा खाँदै आएको छुर्पी अहिले नेपालको प्रमुख निर्यातजन्य वस्तु बनेको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार, विगत ५ वर्षमा नेपालले ३६ लाख किलोग्रामभन्दा बढी छुर्पी निर्यात गरेर ६ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको छ।

किन छ त विश्व बजारमा माग ?

हामीले खाने नरम छुर्पीभन्दा निर्यात हुने छुर्पी ‘हड्डी’ जस्तै कडा हुन्छ। विकसित मुलुकमा यसलाई कुकुरको दाँत माझ्ने र समय बिताउने उत्तम प्राकृतिक आहारा (Dog Chew) का रूपमा प्रयोग गरिन्छ । चौँरी वा गाईको दूधबाट बनाइने यो शुद्ध प्राकृतिक वस्तु भएकाले विदेशीहरूले यसलाई निकै रुचाउँछन् ।

निर्यातको पाँच वर्षे तथ्याङ्क (साउन–मंसिरको तुलना):

आर्थिक वर्ष निर्यात परिमाण (किग्रा) आम्दानी (रुपैयाँ)
२०८२/८३ (५ महिना) १० लाख ६५ हजार १ अर्ब ३५ करोड
२०८१/८२ (५ महिना) ७ लाख ७३ हजार १ अर्ब ४५ करोड
२०८०/८१ (५ महिना) ५ लाख ९७ हजार १ अर्ब १८ करोड
२०७९/८० (कुल) ५ लाख ९४ हजार १ अर्ब १० करोड
२०७८/७९ (कुल) ६ लाख ३१ हजार १ अर्ब ०१ करोड

एकातिर निर्यात, अर्कोतिर आयातको चुनौती

छक्क पार्ने कुरा त के छ भने, नेपाल आफैँले पनि छुर्पी आयात गर्छ । विगत ५ वर्षमा नेपालले भारत, चीन, इटाली जस्ता देशबाट ३० करोड ९१ लाख रुपैयाँको छुर्पी आयात गरेको छ । यसले के देखाउँछ भने नेपालमा आन्तरिक माग वा सस्तो छुर्पीको बजार पनि बढ्दो छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै