जनकपुर चुरोट र नेपाल मेटलको सम्पत्ति मूल्याङ्कनका लागि परामर्शदाता छनोट: अन्य दुई उद्योगको प्रक्रिया रद्द

काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी स्वामित्वमा रहेका रुग्ण तथा बन्द उद्योगहरूको सम्पत्ति र दायित्व मूल्याङ्कनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै दुईवटा उद्योगका लागि परामर्शदाता छानिएको र बाँकी दुईवटाको हकमा कुनै पनि प्रस्तावक सफल हुन नसकेको जानकारी दिएको हो ।

परामर्शदाता छनोटको विवरण: मन्त्रालयका अनुसार प्राविधिक र आर्थिक प्रस्तावको मूल्याङ्कनका आधारमा निम्न बमोजिमका परामर्शदाता छानिएका छन्:-

उद्योगको नाम छानिएको परामर्शदाता
नेपाल मेटल कम्पनी लिमिटेड जीन एण्ड एसोसिएट्स
जनकपुर चुरोट कारखाना लिमिटेड एस. सुवेदी एण्ड एसोसिएट्स

 

दुई उद्योगको प्रक्रिया रद्द मन्त्रालयका अनुसार नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेडको मूल्याङ्कनका लागि परेका प्रस्तावहरू मध्ये कुनै पनि कम्पनी योग्य नदेखिएकाले छनोट हुन सकेनन्। यी दुई उद्योगका लागि मन्त्रालयले पुनः प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

मन्त्रालयले पुस ३ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ बमोजिम यो छनोट गरेको हो। छानिएका दुई कम्पनी (जीन एण्ड एसोसिएट्स र एस. सुवेदी एण्ड एसोसिएट्स) लाई व्यावसायिक एवं आर्थिक सर्तका विषयमा वार्ता गर्न आगामी पुस १३ गते दिउँसो २ बजे मन्त्रालयमा बोलाइएको छ ।

सरकारले लामो समयदेखि बन्द रहेका यी उद्योगहरूको वास्तविक सम्पत्ति र दायित्व यकिन गरी भविष्यमा तिनलाई पुनः सञ्चालन गर्ने, निजीकरण गर्ने वा खारेजीमा लैजाने भन्नेबारे ठोस निर्णय लिन यो प्रक्रिया सुरु गरेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै