मनाङ आहा!रारा गोल्डकपको सेमिफाइनलमा

कास्की । मनाङ मर्स्याङदी क्लब २५औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।‌ भारतको सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडलाई अतिरिक्त समयमा १-० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेट गोल नभएपछि खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको १६ औँ मिनेटमा मनाङका आशिष क्षेत्रीले गरेको गोल खेलको निर्णायक बन्यो । कर्नर किकमार्फत आएको बललाई आशिषले हेडमार्फत गोल गरेका हुन् ।

थप‌ समयको सातौ मिनेटमा थन्डरबोल्टका सुरग क्षेत्रीले प्रहार गरेको शक्तिशाली प्रहार गोलपोस्टमा लागेर फर्कियो । निर्णायक गोलकर्ता आशिष क्षेत्री ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । आहा राराको सर्वाधिक सफल टोलीमध्ये एक मनाङ यसपटक सेमिफाइनल पुग्ने तेस्रो बनेको छ ।

मनाङले फाइनल प्रवेशका लागि आयोजक टोली सहारा क्लब पोखराको सामना गर्नेछ। आहामा दर्शकको उपस्थिति पनि बढ्दै जान थालेको छ। खेलको रोमाञ्च थप बढाएको छ ।

प्रतियोगितामा भोली विदेशी टोली आभा एफसी उज्वेकिस्तान र प्लानिङ ब्वाइज युनाइटेडका बीच अन्तिम क्वाटरफाइनल हुनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै