विराटनगर किङ्सद्वारा एनपीएलका लागि “पूर्वेली राजा” नामक म्यास्कट सार्वजनिक

काठमाडौँ । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पूर्वेली राजा नामक आफ्नो नयाँ म्यास्कट अर्ना सार्वजनिक गरेको छ ।

विराटनगर किङ्सका अनुसार यो म्यास्कटले टिम र यसले प्रतिनिधित्व गर्ने पूर्वी क्षेत्रको गहिरो भावनालाई प्रतिनिधित्व गर्दछ । हाल लोपोन्मुख अवस्थामा रहेको अर्ना कोशी क्षेत्रको रैथाने प्रजाति हो । यो जनावरलाई शक्ति र सहनशीलताको प्रतीक मानिन्छ ।

विराटनगर किङ्सले अर्नालाई म्यास्कटको रूपमा चयन गरेर आफ्नो क्षेत्रको प्राकृतिक सम्पदाप्रति सम्मान व्यक्त गरेको छ भने यस दुर्लभ जनावरको संरक्षणका लागि जनचेतना फैलाउने सन्देश पनि दिएको छ ।  यसको उपस्थितिले प्रशंसकहरूलाई शक्ति, सौन्दर्य र दृढ संकल्पको सम्झना गराउनेछ, जुन अर्ना र टिम दुवैका समान गुणहरू हुन् ।

विराटनगर किङ्सका अनुसार “पूर्वेली राजा” नामले कोशी प्रदेशमा बिराटनगरको गौरव र यसले गर्ने नेतृत्वको प्रतिनिधित्व गर्छ र यसले टिमलाई “पूर्वको राजा” का रूपमा समेत चित्रित गर्दछ । यो म्यास्कट क्रिकेट मैदान भन्दा बाहिर पनि एकता, साहस र जिम्मेवारीको प्रतीकको रूपमा रहने छ जसले शक्ति केवल जितमा होइन, हाम्रा अमूल्य सम्पदाहरू जोगाउने क्षमतामा पनि हुन्छ भन्ने देखाउँछ ।

पूर्वेली राजा मार्फत बिराटनगर किङ्सले आफ्ना समर्थकहरूमा आफ्नो ठाउँ र प्रकृतिसँगको गर्व, अपनत्व र सम्बन्ध जगाउने लक्ष्य राखेको छ । एनपीएल नजिकिँदै गर्दा यो शक्ति, सचेतना र क्षेत्रीय गौरवको प्रतीक अर्ना विराटनगर किङ्सका लागि गर्जनसहित नेतृत्व गर्न तयार छ ।

विराटनगर किङ्समा अष्ट्रेलियाका अलराउण्डर

विराटनगर किङ्सले नेपाल प्रिमियरलिग (एनपिएल) को दोस्रो सीजनका लागि अष्ट्रेलियाका अलराउण्डर Sam Heazlett लाई अनुबन्ध गरेको छ। Sam Heazlett अष्ट्रेलियाकायू -१९ टिमबाट १अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन्।उनले अष्ट्रेलियाको बिगब्यासमा ब्रिसबेन हिटर होबर्टहुरिकेंस खेलेका छन्।Sam Heazlett खेलहरुमा उत्कृष्ट स्ट्राइक रेट साथ प्रदर्शन गर्दै आएका छन्।उनिसंग ५० भन्दा बढी बिगब्यास माथि लीग म्याच खेलेको अनुभव रहेको छ।

 

उनको आगमनले विराटनगर किङ्सको मध्यक्रम थप बलियो हुने विश्वास लिइएको छ।उनको अनुभव, सुझबुझ ब्याटिङशैली र खेल बुझ्ने क्षमताबाट टोलीमा नयाँ ऊर्जा र आत्मविश्वासगुणस्तर थपिने अपेक्षा गरेको छ। विराटनगरकिङ्सले यसअघि स्कटल्याण्डका ब्याट ओपनर जोर्जमुन्सीलाई पनिटिममा आवृद्ध गरिसकेको छ।टिमले सुन्तुलित संयोजनका साथ आगामी सीजन उपाधिजित्ने लक्ष्यसहित तयारी तिव्रगतिमा अगाडी बढीरहेको छ

बिराटनगर किंग्सको बारेमा

बिराटनगरकिंग्स नेपाल प्रिमियर लिग (NPL) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज टिम हो।टोलीको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र फ्यान तथा समुदायसँग गहिरो सम्बन्ध स्थापना गर्दै कोशी प्रदेशको गौरव बढाउनु हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै