दीपेन्द्र र आसिफको अर्धशतकमा समोअविरुद्ध नेपालको २१२ रनको विशाल लक्ष्य

टी–२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालद्वारा ४ विकेटको क्षतिमा २११ रनको योगफल; नेपाल यसअघि नै विश्वकपमा छनोट भइसक्यो

काठमाडौँ । दीपेन्द्रसिंह ऐरी र आसिफ शेखप्रेरित नेपालले आईसीसी टी–२० क्रिकेट विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध २१२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार ओमानको अल अमेरतमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २११ रनको योगफल खडा गर्‍यो।

नेपाली ब्याटिङ प्रदर्शन:

आसिफ शेखले सर्वाधिक ६९ रन बनाए। उनले ४१ बलमा सात चौका र चार छक्का प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक (५९ रन) प्रहार गरे । उनले ३३ बलमा दुई चौका र चार छक्का लगाए ।

लोकेश बमले १२ बलमा चार छक्कासहित आक्रामक ३९ रन जोडे ।

कप्तान रोहित पौडेलले २१ रन र ओपनर कुशल भुर्तेलले १७ रन बनाए ।

समोअका सौमानी ताई, डारियस भाइसेर, डानियल बुर्गेस र नोअह मीडले समान एक-एक विकेट लिए ।

नेपालको विश्वकप यात्रा:

नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेलअगावै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको छ । यो समग्रमा नेपालको तेस्रो टी–२० विश्वकप सहभागिता हो। यसअघि नेपालले सन् २०१४ र सन् २०२४ मा टी–२० विश्वकप खेलिसकेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै