
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले विभिन्न खेलका खेलाडी, प्रशिक्षक, निर्णायक, खेलकुद चिकित्सक र खेलकुद पत्रकारलाई पुरस्कृत तथा सम्मानित गरेको छ। मन्त्रालयले विभिन्न खेलका ६ जना खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।
सम्मानित खेलाडीहरू:
पारा तेक्वान्दो: भरतसिंह महता
तेक्वान्दो: प्रेमबहादुर लिम्बू
तेक्वान्दो: वीरबहादुर महरा
कबड्डी: अनुजा कुलुङ राई
कबड्डी: मानमती विष्ट
फुटबल: दीपा शाही
प्रशिक्षक, निर्णायक र चिकित्सक:
प्रशिक्षक: तेक्वान्दोका कविराज नेगी लामा
निर्णायक: बक्सिङका धनकुमार मैनाली
चिकित्सक: डा. राजु डंगोल (महर्जन)
खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार–२०८२ बाट सम्मानित:
केन्द्रीय स्तर (अनुभवी): श्रीलोचन राजोपाध्याय
कोशी प्रदेश: मुकुन्द घिमिरे
मधेश प्रदेश: बसरदचन्द्र भट्टराई
बागमती प्रदेश: विक्रमकुमार बानियाँ
गण्डकी प्रदेश: दिननाथ बराल
लुम्बिनी प्रदेश: स्वस्तिक श्रेष्ठ
कर्णाली प्रदेश: दिनेशकुमार बुढा
सुदूरपश्चिम प्रदेश: दिनेशबहादुर विष्ट
महिला समावेशी: नमिता दाहाल
दलित समावेशी: रुपा गहतराज
मन्त्रालयद्वारा गरिएको यो सम्मानले खेलकुद क्षेत्रका विभिन्न विधामा संलग्न व्यक्तिहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।