स्कटल्याण्डमाथि नेपालको जित

काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा नेपालले घरेलु टोलीलाई दुई विकेटले हराएको छ । दुबै इनिङमा दुबै टोलीका बलर हावी खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको हो ।

नेपाललाई जीत दिलाउन बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । अराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिए । ब्याटिङतर्फ कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।

ग्लास्गोमा टस जितेर पहिलो इनिङ बलिङ रोजेको नेपालका बलर लगातार हावी भएपछि स्कटल्याण्ड ९७ रनमै समेटिएको थियो । सोमबार भएको सनसनीपूर्ण खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपरओभरमा पराजित भएको नेपालले आजको जितसँगै दुई अङ्क जोडेको छ । एकरएक खेल जितेका स्कटल्याण्ड र नेदरल्याण्डले पनि समान दुईरदुई अङ्क जोडेका छन्‌ ।

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल बिहीबार बेलुकी ७ः४५ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै