यी हुन् समानुपातिकबाट सांसद बन्ने ११० जना, बिहीबार प्रमाणपत्र वितरण हुने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ विजयी हुने ११० जना उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ ।

राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१) बमोजिम सम्बन्धित राजनीतिक दलहरूबाट छनौट गरी पेस हुन आएका सूची आयोगले सार्वजनिक गरेको हो ।

आयोगले निर्वाचित भएका उम्मेदवारहरूलाई चैत्र ५ गते बिहान ११:३० बजे आयोग परिसरबाट प्रमाणपत्र वितरण गरिने जनाएको छ । आयोगले निर्वाचित भएका प्रतिनिधिसभा सदस्यहरूको सक्कल नागरिकताको प्रमाणपत्र/राष्ट्रिय परिचयपत्र र २ प्रति पासपोर्ट साइजको फोटो चैत्र ३ गते कार्यालय समयभित्र आयोगको सचिवालयमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपलब्ध गराउन भनेको छ ।

यस संगै अब आयोगले अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउने छ । त्यस पछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडी बढाउने छन् ।

यस्ता छन् विजयी हुने ११० उम्मेदवार :

 

May be an image of blueprint and text

May be an image of ticket stub and text

May be an illustration of map, blueprint and text

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै