काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ । आज मह्यान्न १२ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले गोरखा क्षेत्र नम्बर १ मा सुधन गुरुङले २४ हजार ५१ मत ल्याएर अग्रता हासिल गरिरहेका छन् । गुरुङले १० हजार ५४० मत मतले नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्री (१३,५११) लाई पछाडि पारेका हुन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ । इलाम ( १ मा कांग्रेसका निश्कल राईले ११,८६१ मत सहित आफ्नो अग्रता कायमै राखेका छन् । ३७३ मतले दोस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुले ११,४८८ मत पाएका छन् । यस स्थानमा जित निकालेको खण्डमा नेपाली कांग्रेसले प्रतक्ष्यतर्फ १८ सिट जित्नेछ ।
त्यस्तै, नेकपा (एमाले) ८ स्थानमा विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ । यस पार्टीका अर्जुनकुमार कार्कीले हाल संखुवासभा ( १ मा ८११ मतले अग्रता कायम गरिराखेका छन् । कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पा (१०,७०३) लाई मतले अग्रता कायम गेका छन् ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट हालसम्म ७ उम्मेदवार विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका ३ जना उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाहीजुम्ला ( १ बाट १४,८१६ मत ल्याउँदै विजयी भएका छन् । सो स्थानमा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका नरेश भण्डारीले ११,६३५ मत प्राप्त गरे ।
स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन २२,८५० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७,९१९ मत प्राप्त गरे ।
समानुपातिकतर्फ कसको कति ?
प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ८४ लाख ९३ हजार ८६० हजार मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले ४१ लाख १७ हजार २७८, कांग्रेसले १३ लाख ८२ हजार ३४२, एमालेले ११ लाख ६५ हजार १५ र नेकपाले ६ लाख ३ हजार ७८५, श्रम संस्कृति पार्टीले २ लाख ९७ हजार ५९८ र राप्रपाले २ लाख ८० हजार ४५८ मत प्राप्त गरेको छ ।