काठमाडौँमा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’: १० वटै क्षेत्रमा घण्टीको विजय

काठमाडौँ । संघीय राजधानी काठमाडौँका सबै १० वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेको छ । रास्वपाले काठमाडौँका स्थापित पुराना दलहरू नेपाली कांग्रेस र नेकपा एमालेलाई पूर्णतः विस्थापित गर्दै सबै सिटमा आफ्नो कब्जा जमाएको हो ।

शनिबार बिहानसम्म सबै १० वटै  क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ  ।

काठमाडौँका १० क्षेत्रका विजयी उम्मेदवारहरू:

क्षेत्र नं. विजयी उम्मेदवार दल प्राप्त कुल मत  मतान्तर
रञ्जु न्यौपाने (दर्शना) रास्वपा १५,४५५ ९,०९१ 
सुनिल केसी रास्वपा ३४,२३८ २५,३६४
राजुनाथ पाण्डे रास्वपा १८,७५६ ७,५८५
पुकार बम रास्वपा २९,१४२ २०,३१८ 
सस्मित पोखरेल रास्वपा ३०,७३७ २१,५७८
शिशिर खनाल रास्वपा २७,७१९ २०,९६८
गणेश पराजुली रास्वपा २७,८०५ २३,८२३
विराजभक्त श्रेष्ठ रास्वपा २४,५९२ २१,३७५
डोलप्रसाद अर्याल रास्वपा ३५,०९३ २९,६३३
१० प्रदीप विष्ट रास्वपा ३७,४६९ २९,३६९

मुख्य आकर्षण:

काठमाडौँ-२: सुनिल केसीले नेपाली कांग्रेसका कविर शर्मालाई १९ हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयोन्मुख छन् ।

पुनरावृत्ति: गणेश पराजुली, शिशिर खनाल र विराजभक्त श्रेष्ठ जस्ता नेताहरूले आफ्नो क्षेत्रमा दोस्रो कार्यकालका लागि जनमत प्राप्त गरेका छन् ।

नयाँ अनुहार: रञ्जु दर्शना र पुकार बम जस्ता युवा नेताहरूले स्थापित शीर्ष नेताहरूलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका छन् ।

काठमाडौँको यो नतिजाले नेपाली राजनीतिमा परम्परागत शक्ति सन्तुलनलाई पूर्ण रूपमा बदलिदिएको छ । निर्वाचन अधिकृतका कार्यालयहरूले बाँकी रहेका क्षेत्रको पनि औपचारिक घोषणा गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै