धादिङ-२ मा रमेश धमलालाई पछि पार्दै बोधनारायण श्रेष्ठले लिए अग्रता

काठमाडौँ । धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । यसअघि अग्रस्थानमा रहँदै आएका नेपाली कांग्रेसका रमेश धमलालाई पछि पार्दै बोधनारायण श्रेष्ठले अग्रता लिएका हुन् ।

शनिबार बिहानको मत परिणाम अनुसार रास्वपाका बोधनारायण श्रेष्ठ ८ हजार ३८६ मत सहित अग्रस्थानमा रहेका छन् । उनलाई कांग्रेसका उमेदवार रमेशप्रसाद धमलाले ७ हजार ७४ मत सहित पच्छाइरहेका छन् । धमलालाई श्रेष्ठले मतले लिड गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रामबहादुर भण्डारीले ५ हजार १२५ मत ल्याएका छन् । नेकपा एमालेका धनबहादुर घलेले ५ हजार ७१ मत ल्याएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेश रिजालले १ हजार २५३,उज्यालो नेपाल पार्टीका अमिर तामाङले ६०१, स्वतन्त्र उम्मेदवारी दिएका दिपक अधिकारीले २२५,श्रम संस्कृति पार्टीका टासी लामा तामाङले १६५ मत ल्याएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै