नेपाली कांग्रेसद्वारा ‘निर्वाचन परिचालन निर्देशिका ०८२’ पारित; फागुन १ देखि २१ सम्म विशेष अभियान

काठमाडौँ । नेपाली कांग्रेसले ‘निर्वाचन परिचालन निर्देशिका २०८२’ पारित गरेको छ। आइतबार बिहान बसेको पार्टीको कार्यसम्पादन समितिको भर्चुअल बैठकले उक्त निर्देशिका अनुमोदन गरेको हो ।

उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचालन समितिले तयार पारेको यस निर्देशिकामा आगामी निर्वाचन लक्षित विशेष सांगठनिक कार्ययोजना समेटिएको छ ।

मुख्य कार्ययोजना:

नयाँ नारा: निर्देशिकामा ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने मुख्य प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

परिचालन नीति: फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ, उसको खटाइ त्यहाँ’ भन्ने नीतिअनुसार नेता-कार्यकर्ताहरू कार्यक्षेत्रमा खटिनुपर्नेछ ।

जिम्मेवारी बाँडफाँट: केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले तोकेका प्रतिनिधिहरूले आफ्नो विशेष जिम्मेवारी पुरा गरेलगत्तै पुनः आफ्नै वडा, पालिका र क्षेत्रमा फर्किएर चुनावी तयारीमा केन्द्रित हुनुपर्ने व्यवस्था गरिएको छ ।

तोकिएको विशेष जिम्मेवारी पाएका बाहेक पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरू अनिवार्य रूपमा आ-आफ्नो भूगोल (क्षेत्र, पालिका र वडा) मा सक्रिय रहनुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै