तोकिएकै मितिमा निर्वाचन हुन्छ, ढुक्क हुनुस्: प्रधानमन्त्री

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा शङ्का नगर्न सबैमा आग्रह गरेकी छन् । बिहीबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाइ कार्यको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा सम्पन्न हुने भन्दै यसमा निश्चिन्त रहन आग्रह गरिन् । निर्वाचनको समयमा मौसम समेत अनुकूल रहने विश्वास व्यक्त गर्दै उनले भनिन्, “सबै मतदाताले निर्धक्क भएर मतदान गर्ने वातावरण बन्नेछ । निर्वाचनपछि जननिर्वाचित प्रतिनिधिसभालाई सत्ता हस्तान्तरण गरेर हामी बिदा हुनेछौँ ।”

अनुगमनका क्रममा उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले खेलिरहेको भूमिकाको प्रशंसा समेत गरिन् । उनले थपिन्, “ढुक्क हुनुस्, चुनाव तोकिएकै मितिमा र एकै चरणमा हुन्छ। दुई पटक हुने वाला छैन । हामी निर्वाचित प्रतिनिधिलाई सरकार सुम्पिएर घर फर्कनेछौँ ।”

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै