समानुपातिक निर्वाचनतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारहरुको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । आयोगले आज बुधबार अन्तिम बन्दसूची प्रकाशन गरेको हो।

आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा कायम भएका कुल ३,१३५ ९ तीन हजार एक सय पैंतिस ० उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ को उपदफा ९६० र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम ९२० बमोजिम प्रकाशन गरिएको हो।

समानुपातिक निर्वाचन प्रणाली, निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार प्रकाशित बन्दसूचीमा १,७७२ महिला र १,३६३ पुरुष उम्मेदवार रहेका छन् । अन्तिम बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइट धधध।भभिअतष्यल।नयख।लउ मा हेर्न सकिने व्यवस्था आयोगले गरेको छ ।

समानुपातिक निर्वाचन प्रणाली, निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार प्रकाशित बन्दसूचीमा १,७७२ महिला र १,३६३ पुरुष उम्मेदवार रहेका छन् । अन्तिम बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइट www.election.gov.np मा हेर्न सकिने व्यवस्था आयोगले गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै