उज्यालो नेपाल पार्टीद्वारा म्याग्दीमा डा. महावीर पुनलाई समर्थन

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्व शिक्षा मन्त्री डा. महावीर पुनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टीले एक विज्ञप्ति जारी गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायका लागि सक्षम नेतृत्वलाई सहयोग गर्ने आफ्नो नीति अनुरूप डा. पुनलाई समर्थन गरेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, “देशको समग्र विकासका लागि जिम्मेवार र सक्षम नेतृत्वलाई समर्थन गर्ने पार्टीको प्रतिबद्धता अनुसार म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनलाई सहयोग गर्ने निर्णय गरिएको छ ।”

उज्यालो नेपाल पार्टीले म्याग्दीका आफ्ना सम्पूर्ण मतदाता, शुभेच्छुक तथा समर्थकहरूलाई प्रत्यक्षतर्फ डा. पुनलाई मतदान गर्न आग्रह गरेको छ ।

साथै, पार्टीले समानुपातिकतर्फ भने आफूले समर्थन गरेको “बासुरी” चुनाव चिन्हमा मतदान गर्न मतदाताहरूलाई अपिल गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै