काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन् ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रममन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन् । ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।
साह मन्त्री बनेको आज १४ दिन पुगेको छ । उनलाई आजै मन्त्रीबाट हटाउने तयारी छ।