काठमाडौँ । उपसभामुखको उम्मेदवार मनोनयको अन्तिम घडीमा आएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने भएको छ ।
यसअघि राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रास्वपाले आफूहरूलाई समर्थन गर्ने बताएका थिए । तर अन्तिममा रास्वपाले राप्रपालाई समर्थन नगर्ने र श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ ।
जसअनुसार श्रम संस्कृति पार्टीका सांसद २५ वर्षीया रूवी कुमारी ठाकुर अब उपसभामुख बन्नेछिन् । उपसभामुखका लागि उनले उम्मेदवारी मनोनय पनि गरेकी छन् । उम्मेदवारी मनोनयनमा रास्वपाका सांसद अशोक कुमार समर्थक बसेका छन् ।