उपसभामुख पदको लागि शुक्रबार निर्वाचन हुने

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदको लागि आगामी चैत्र २७ गते शुक्रबार निर्वाचन हुने भएको छ । सभामुख डोल प्रसाद अर्यालको निर्देशनमा संसद सचिवालयले आज निर्वाचन तालिका प्रकाशन गरेको हो ।

जस अनुसार उपसभामुखको निर्वाचनको लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ। बिहीबार नै दिउँसो २:३० बजे उेमदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गरिने छ । शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने छन् ।

सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गबाट हुनु पर्ने व्यवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट डोल प्रसाद अर्याल सभामुख भईसकेका छन् । हाल राष्ट्रिय स्वतन्त्र पार्टी मात्र सत्ता पक्षको दल हो । अब उपसभामुख विपक्षी दलबाट र महिला हुनुपर्ने छ। रास्वपाले जसलाई समर्थन गर्छ सो व्यक्ति नै उपसभामुख हुने निश्चित छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै