विदेशमा रहेका देउवा दम्पत्तीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा विरुद्द पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँ जिल्ला अदालतले उनी विरुद्द पक्राउ पुर्जी जारी गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार पूर्व मन्त्री रहेकी देउवा पत्नी आरजु राणा देउवा विरुद्द पनि पक्राउ पुर्जी जारी भएको छ। गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा सम्पत्ति सुद्धीकरणको अनुसन्धानको लागि उनीहरु विरुद्द पक्राउ पुर्जी लिइएको बताईएको छ।

जेन्जी आन्दोलनको क्रममा उनीहरुको बुढानिलकण्ठ स्थित घर जलेको थियो। सो क्रममा उक्त घरबाट स्वदेशी तथा विभिन्न विदेशी नोटहरु समेत जलेको अवस्थामा फेला परेको थियो । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले त्यसबारे अनुसन्धान गरिरहेको थियो। प्रमाण नष्ट हुने भन्दै सो जलेको घर भत्काउन समेत विभागले रोक लगाएको थियो ।

हाल देउवा दम्पत्ती विदेशमा छन् । उनीहरुलाई इन्टरपोल मार्फत पक्राउ गरेर नेपाल झिकाइने बताईएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै