भारतसहित ६ देशका राजदूत फिर्ता बोलाउने निर्णय

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा नियुक्त भएका ६ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन गरेको छ।

सरकारले भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिका का लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएको हो।

फिर्ता बोलाइएका राजदूतहरूमा भारतका शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका चित्रलेखा यादव, डेनमार्कका सुम्निमा तुलाधर, श्रीलंकाका पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ रहेका छन्।

परराष्ट्र मन्त्रालय का प्रवक्ता लोकबहादुर क्षेत्री पौडेल का अनुसार मन्त्रिपरिषद्को आइतबारको निर्णयअनुसार सोमबार राजदूतहरूलाई एक महिनाभित्र नेपाल फर्किन पत्राचार गरिएको छ।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ११ देशका राजदूतहरू फिर्ता बोलाइसकेको थियो। बाँकी रहेका ६ जना राजदूतलाई वर्तमान सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै