काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक आह्वन गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार दिउँसो १ः०० बजे सिंहदरबारमा बैठक बस्ने भएको हो ।
त्यस्तै प्रतिनिधि सभाको बैठक पनि आजै दिउँसो १ बजेका लागि बोलाइएको छ । स्रोतका अनुसार आजको बैठकमा नेपाल राष्ट्र बैंक मा डेपुटी गभर्नर नियुक्ति गर्ने विषयमा निर्णय हुन सक्ने प्रबल सम्भावना रहेको छ ।
सरकारले राष्ट्र बैंकको नेतृत्व संरचना सुदृढ बनाउन तथा मौद्रिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उक्त नियुक्ति प्रक्रिया अघि बढाउन लागेको जनाइएको छ ।