काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन् । बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा उनले राजीनामा दिएका हुन् ।
स्रोतले अध्यक्ष परिषद्का सदस्य किरातीले पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । तर, उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।
तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेपछि किरातीले पार्टी परित्याग गरेर प्रलोपामा गएका थिए ।