एमाले संसदीय दलको नेतामा बादल

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन् ।

पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताए ।

दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भएपनि अन्तिममा फिर्ता भए । उनले प्रस्तावक र समर्थक समेत नपाएपछि दाबी छोडेको नेताहरुले बताएका छन्  ।

सुरुमा दलको नेतामा बादल सहित सुहाङ, राजेन्द्र राई लगायत नेताहरुले दाबी गरेका थिए । अन्तिममा पार्टी नेतृत्वबाटै दबाब आएपछि बादल दलको नेता हुने बाटो खुलेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै