काठमाडौँ । प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत्र २२ गते निर्वाचन हुने भएको छ । बुधबार सिंहदरबारस्थीत संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकमा चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख निर्वाचन गर्नेगरि तालिका बनाउने सहमति जुटेको हो ।
सभामुख चयनका लागि बिहीबार बस्ने पहिलो बैठकमा नै निर्वाचनको प्रस्ताव प्रस्तुत हुने र चैत्र २० गते मनोनयन दर्ताका लागि समय छुट्टाउने गरी प्रक्रिया अघि बढ्ने रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिए । सभामुखका लागि रास्वपाका सांसद डिपी अर्यालले दाबी गरेका छन् । उनले सुरुमा गृहमन्त्री हुन खोजेका थिए । सुदन गुरुङ गृहमन्त्री भएपछि अर्याल सभामुखमा जाने योजना बनाएको बताएको छ ।
त्यस्तै प्रतिनिधिसभाको बैठक सञ्चालनको लागि नयाँ नियमावली नबन्दासम्म पहिलेकै नियमावलीबाट बैठक सञ्चालन गरिने उनले बताए । त्यसैगरि पहिलो बैठकमा जेन जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिने र दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने तय भएको छ ।
सामसँग नेपालद्वारा “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक: वैदेशिक रोजगारीमा रहेका नेपालीका सपनालाई सम्मान गर्ने प्रतिबद्धता
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङ्गमा सुधार: दीर्घकालीन रेटिङ्ग ‘LBBB-‘ र अल्पकालीन ‘A3’ मा उक्लियो