काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दै छ । पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
कांग्रेसको संस्थापन इतर पक्ष शेरबहादुर देउवा समूहले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई लिएर विज्ञप्ति जारी गरेपछि संस्थापन पक्षले आपत्ति जनाएको छ ।
कांग्रेसमा १४औं महाधिवेशनका नाममा देउवा र शेखर कोइराला समूहले पार्टी अनुशासनविरोधी काम गर्दै आएको छ। मंगलबार काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा केन्द्रीय कार्यसमिति भेला बोलाएको थियो ।
आजको सानेपा बैठकले पार्टी विरोधी समानान्तर गतिविधि गर्नेमाथि सचेत गराउन सक्ने बताइन्छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई देउवा समूहले मान्यता दिएको छैन ।